मकवानपुर, १४ माघ । मकवानपुरको हेटौँडामा शैक्षिक मेला र साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय र शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा ४ को आयोजनामा दोस्रो पटक कार्यक्रम भएको हो ।

कार्यक्रममा वडा नम्बर ४ भित्रका आधुनिक राष्ट्रिय मावि, श्रमिक मावि लगायतका ८ वटा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । मेलामा गणित सामग्रीको प्रदर्शनी, विज्ञान प्रदर्शनी, सामाजिक अध्ययनको प्रदर्शनी लगायतका विषयगत प्रदर्शनीहरु गरिएको थियो ।

कार्यक्रमलाई हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, वडा नम्बर ४ का वडाअध्यक्ष नविन सिग्देल लगायतले अवलोकन गरेका थिए ।













