मकवानपुर, १ फागुन । हेटौँडा उपमहानगरपालिकाको ५५ औँ स्थापना दिवसका अवसरमा ५ जना पत्रकारहरुलाई सम्मान गरिएको छ । उपमहानगरपालिकाले मकवानपुरका विभिन्न सञ्चारगृहहरुमा कार्यरत ५ जना पत्रकारहरुलाई आज नगद र प्रमाणपत्रसहित सम्मान गरेको हो ।

सम्मानित हुने पत्रकारहरुमा रातोपाटी डटकममा कार्यरत गणेश दुलाल (श्यामलाल), टिम टेलिभिजनमा कार्यरत भावना रिजालका साथै पत्रकारहरु अमृत चिमरिया, सुनिता विष्ट र निशा गुरुङ रहेका छन् ।

उपमहानगरपालिकाले स्थापनाको दिवसका अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।