जी. न्यौपाने, मकवानपुर, ३ फागुन । हेटौँडा उपमहानगरपालिका १५ नम्बर वडा कार्यालयले खेलकुद समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराई प्रमाणपत्र वितरण गरेको छ । वडाअध्यक्ष सुनिल मुक्तानले पदाधिकारीहरुलाई सपथ ग्रहण गराई प्रमाण वितरण गरेका हुन् ।

खेलकुदले गाउँ, समाज, टोल र वडामात्रै नभएर राष्ट्रलाई नै चिनाउने काम गर्ने बताउँदै वडाअध्यक्ष मुक्तानले आफ्नो वडा खेलाडी उत्पादन र संरक्षणमा लागेको बताए ।

वडाअध्यक्ष मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव, सदस्यहरु, पूर्व गाविस अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, पत्रकारहरु लगायतको आतिथ्यता रहेको थियो ।