मकवानपुर, ५ फागुन । श्रीकृष्ण प्रणामी धर्म दर्शन र निजानन्द सम्प्रदायबारे त्रिदिवशीय धार्मिक प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरका अध्यक्ष केदार चौँलागाईँले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
बकैया गाउँपालिका वडा नम्बर ५ कर्मचुलीमा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा शनिबार उद्घाटन भएको कार्यक्रममा प्रशिक्षक पण्डित नविनकृष्ण शास्त्री, युवा परिषदका जिल्ला अध्यक्ष राजु खतिवडा, कृष्णप्रणामी मुल मन्दिर मुलमिलावा धामका अध्यक्ष राजु नेपाल र पण्डित कृष्णप्रसाद बजगाईँले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा युवा परिषदका जिल्ला सदस्य ज्ञानदास खतिवडा तथा संस्थाका सचिव मोहन ढकालले प्रशिक्षार्थीहरुलाई आवश्यक स्टेसनरी सामग्री सहयोग गर्नुभएको थियो ।
मन्दिरका अध्यक्ष रामप्रसाद तिमल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा मन्दिरका पदेन सदस्य शंकर बोलखेले स्वागत मन्तव्य राख्नुभएको थियो ।










