जी. न्यौपाने, मकवानपुर, ६ फागुन । चलिचत्र पत्रकारको राष्ट्रिय भेला हेटौँडामा शुरु भएको छ । संघको २५ वर्ष पुरा भएको उपलक्ष्यमा ३ दिने विशेष संवाद तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा चलचित्रमार्फत कसरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने, चलचित्र निर्माणका विषयवस्तु, स्थान, सुटिङ स्पट, आउटडोर, इनडोर सुटिङ स्टुडियो, कलाकार संरक्षण जस्ता विषयहरुमा ३ दिनसम्म कार्यशाला गोष्ठी हुने चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले बताए ।

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा गरिएको कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा हुनुहन्थ्यो भने विशिष्ट अतिथिका रुपमा चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी हुनुहुन्थ्यो ।

कार्यक्रममा चलचित्र निर्माता नरेन्द्र महर्जन, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ लगायत देशभरबाट २५० जना पत्रकारहरुको उपस्थिति रहेको छ ।