मकवानपुर, ७ फागुन । मकवानपुरको थाहा नगरपालिका अन्तर्गत पालुङका दुई स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । नेपाल हृदय रोग प्रतिष्ठान पालुङ उपशाखाको आयोजनामा महादेव स्थान र घर्तिखोलामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको उपशाखाका सह–सचिव राजाराम रायमाझीले जानकारी दिए ।
शनिबार महादेव स्थानमा भएको शिविरमा ३० जनाले र सोमबार घर्तिखोलामा भएको शिविरमा ४३ जना गरी जम्मा ७३ जनाले स्वास्थ्य परिक्षण गरेका छन् । साथै शिविरबाट नेपाल हृदय रोग प्रतिष्ठानका आजिवन सदस्यहरु समेत बनेका छन् ।
शिविरमा डाक्टर गगन कार्कीले सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । पालुङ स्वास्थ्य केन्द्रका साजन गोपाली र चन्द्रदिप भुजेलले शिविरमा सहजीकरण गरेका थिए ।
डाक्टर कार्कीको प्रमुख आतिथ्यता र उपशाखाका अध्यक्ष बिमल कुमार ढकालको सभाध्यक्षतामा शिविरको समापन गरिएको छ । कार्यक्रममा जनप्रतिनिधि कृष्ण कुमार कार्की, उपशाखाका सचिव सहदेव ढकाल, कोषाध्यक्ष सरोज विष्ट र सहसचिव राजाराम रायमाझी लगायतको उपस्थिति रहेको थियो ।










चन्द्र घलान 