तस्बिर–जी. न्यौपाने

मकवानपुर, ८ फागुन । हेटौँडा ५ पिप्ले रंगशालामा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा युवा संघ नेपाल विजयी भएको छ । युवा संघ नेपालले प्रेस चौतारी नेपाललाई ८–० गोल अन्तरले पराजित गरेको हो ।

फागुन ११ गतेदेखि १९ गतेसम्म आयोजना हुन गइरहेको केपी ओली कप फुटबल प्रतियोगिताको प्रचार प्रसारका लागि आयोजना गरिएको प्रतियोगिता राष्ट्रिय युवा संघ जिल्ला कमिटि संयोजक राजेश नगरकोटीको सभाध्यक्षता र बागमती प्रदेशका पूर्व मूख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।