मकवानपुर, ८ फागुन । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ कर्मचुलीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा त्रिदिवशिय धार्मिक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रम फागुन ५ गतेदेखि सुरु भई ७ गते समापन गरिएको श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरका जिल्ला अध्यक्ष केदार चौँलागाईँले बताउनुभयो ।

धर्मका प्रचारक पण्डित नविन कृष्ण शास्त्रीले प्रशिक्षण गराउनुभएको कार्यक्रममा मकवानपुरका प्रणामी धर्मका प्रशिक्षार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा मन्दिरका अध्यक्ष रामप्रसाद तिमल्सिना, पूर्व अध्यक्ष ठाकुर बोलखे, केन्द्रिय प्रतिनिधि बिदुर बोलखे, युवा परिषदका शंकर बोलखे, महिला ईकाई समितिकी पूर्व अध्यक्ष मिरा बञ्जारा, वर्तमान वाईजुराज महिला समितिकी कल्पना समेतको उपस्थिति रहेको थियो ।











