जी. न्यौपाने, मकवानपुर, ९ फागुन । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन फागुन १५ गते दिनको ३ बजे बस्ने गरी मन्त्री परिषदको बैठकले निर्णय गरेको छ । मंगलबार मूख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।
यसैगरी बैठकले समस्याग्रस्त सहकारी समस्या समाधान आयोगमा १६ जना अस्थायी कर्मचारी भर्ना गर्ने, मकवानपुर बहुमुखी क्याम्पसलाई सार्वजनिक विश्वविद्यालयको रुपमा स्थापनाको काम अघि बढाउने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप बजेट प्रदान गर्ने, भौतिक मन्त्रालयमा खाली रहेको एघारौँ तहको पदपूर्ति गर्ने र प्रदेश स्वयमसेवक व्युरो गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नमोबुद्ध गाउँपालिकामा झोलुङ्गे पुल निर्माण गर्ने, विपन्न दलित कार्यविधि निर्माण गर्ने र शैक्षिक निती २०८० को कार्यविधि बनाउने निर्णय गरेको आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले बताउनुभयो ।












