मकवानपुर, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।
हिन्दु राष्ट्रको पुनस्थापना, संघियता खारेजी र भ्रष्टाचार अन्त्य गर्नुपर्ने लगायत ४० बुँदे मागहरु राखेर राप्रपाका मकवानपुर जिल्ला कार्यवहाक अध्यक्ष सागर थापाले प्रमुख जिल्ला अधिकारी सेढाईँलाई ज्ञापन पत्र बुझाएका हुन् । आफुले ज्ञापन पत्र छिटो भन्दा छिटो प्रधानमन्त्री कार्यालय पठाईदिने सेढाईँले प्रतिवद्धत्ता व्यक्त गर्नुभयो ।

राप्रपा मकवानपुरका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै प्रदर्शन समेत गरेका थिए ।











