मकवानपुर, १० फागुन । श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरले १०८ थान ओढ्ने ब्ल्याङ्केट सहयोग प्रदान गरेको छ । यही फागुन १७ गतेदेखि २३ गतेसम्म श्रीकृष्ण प्राणामी धर्म जागनी ज्ञान महायज्ञ आयोजना गर्न लागेको श्रीकृष्ण प्रणामी मन्दिर श्रीकृष्ण कृपाधाम तथा प्राणनाथ आनथ सेवा आश्रमलाई बिहीबार समितिले ब्ल्याङ्केट सहयोग प्रदान गरेको हो ।


आश्रमकी संस्थापक विधुषी श्रीतारा माताको अनुरोधलाई स्विकार्दै मकवानपुर जिल्लाबाट जानुभएका जिल्ला समितिका अध्यक्ष केदार चौलागाईँ, प्रणामी मुल मन्दिरका अध्यक्ष राजु नेपाल, युवा परिषद मकवानपुरका अध्यक्ष राजु खतिवडा लगायतको उपस्थितिमा महायज्ञ मूल समारोह समितिका संयोजक राजेन्द्र प्रसाद रिजाललाई १०८ थान ब्रमहमुनिको प्रयोजनको लागि ब्ल्याङ्केट प्रदान गरिएको जिल्ला अध्यक्ष चौँलागाईँले बताउनुभयो ।

सहयोग प्रदान कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रिय सल्लाहकारहरु गुरुप्रसाद खतिवडा, पूर्व केन्द्रिय सदस्य बद्री चौँलागाई, लेखा संयोजक मकवानपुरका घनश्याम नेपाल, जिल्ला सचिव मोहन ढकाल, जिल्ला सदस्यहरु शिव खनाल र बलभद्र खतिवडा लगायतको उपस्थिति रहेको थियो ।