जी. न्यौपाने,मकवानपुर, ११ फागुन । नेपाल खेलकुद महासंघको १४ औँ स्थापना दिवसमा हेटौँडामा जिल्ला स्तरिय जुनियर क्योकुशिन कराँते प्रतियोगिता २०८० सम्पन्न भएको छ ।
प्रतियोगिताले बालबालिकामा खेलप्रति रुचि बढ्नुका साथै उनीहरुको उत्साह र हौसला बढ्ने खेलका मूख्य आयोजक तथा नेपाल खेलकुद महासंघ मकवानपुर जिल्ला अध्यक्ष सविन मुक्तानले बताए । खेलमा जीत हार हुनु स्वभाविक भएको भन्दै मुक्तानले खेलाडीको हौसला बढाउन यस्ता प्रतियोगिताहरुले मदत गर्ने बताए ।

प्रतियोगितामा क्योकुशिन कराँतेका मुख्य प्रशिक्षक ईश्वर श्रेष्ठ, क्योकुशिन कराँतेका पदाधिकारीहरु लगायतको आतिथ्यता रहेको थियो ।










