मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । शनिबार बसपार्कबाट बागमति गाउँपालिका वडा नम्बर ८ का तारानाथ दुलाललाई पक्राउ गरिएको हो ।

प्रहरीले शंका लागेर दुलाललाई खानतलास गरेको जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट २४ ट्याब्लेट ट्रामाडोल र ३० ट्याब्लेट नाईट्रोभेट १० लागुऔँषध फेला परेको थियो ।

उनलाई थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ ।