जी. न्यौपाने, मकवानपुर, १४ फागुन । नगर खेलकुद विकास समिति हेटौँडाले पुरुषहरुको खुला राष्ट्रिय दौड प्रतियोगिता गर्ने भएको छ ।

फागुन १८ गते शुक्रबार बिहान ७ बजे ५ किलोमिटरको खुला दौड हेटौँडाको बुद्धचोकबाट शुरु हुने र बुद्धचोकमै आएर समापन हुने समितिका अध्यक्ष रबिन्द्र प्रसाद घिमिरेले जानकारी दिए । दौडमा भाग लिन १६ वर्ष पुरा भएको नेपाली नागरिक हुनुपर्ने र दौडमा देशैभरबाट नेपाली नागरिकहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।

खेलमा भाल लिन शुल्क नलाग्ने तथा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरुलाई करकट्टी सहित क्रमशः ६० हजार, ५० हजार, ४० हजार र सान्त्वना पुरस्कार २ जनालाई जनही १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

कार्यक्रमको समुद्घाटन हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले गर्नुहुनेछ ।