जी. न्यौपाने, मकवानपुर, १६ फागुन । बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । आजको बस्ने बैठक बिहान ११ः३० बजे सुरु हुने कार्यतालिका रहेको छ ।

यसअघि मंगलबार बागमती प्रदेश सभाको सभामुख भुवन कुमार पाठको अध्यक्षतामा बसेको पहिलो बैठकमा संसदीय दलका नेताहरुले शुभकामना मन्तव्यसँगै ४ महिनासम्म सदन चल्न नसक्नु, सरकार र प्रतिपक्षबिच पुरक बजेको विषयमा ३ बुँदे सहमति, संसदिय समितिहरुको अध्यक्ष चयन लगायतका विषयमा मन्तव्य राखेका थिए ।

सभाको अन्त्यमा सभामुख पाठकले प्रदेश सभाका पूर्व सदस्य तथा पूर्व मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा परी निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत एवम् सदनबाट पारित गराउनुभएको थियो ।