तस्बिर–जी.न्यौपाने

मकवानपुर, १६ फागुन । नेपाल मगर संघ मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबार ४२ औँ स्थापना दिवस मनाएको छ । संघले मगर परिकार सहितको खाना महोत्सव र साँस्कृतिक कार्यक्रमहरु गर्दै संघको स्थापना दिवस मनाएको हो ।

संघका मकवानपुर जिल्ला अध्यक्ष सन्देश तुम्सिङ मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।

हेटौँडाको हुप्रचौरमा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, हेटौँडा ४ का वडाअध्यक्ष नविन सिग्देल, नेपाल पत्रकार महासंघ बागमति प्रदेका महासचिव कृष्ण सारु मगर, नेपाल मगर संघका केन्द्रिय अनुशासन विभाग संयोजक अशोक सारु मगर लगायतको आतिथ्यता रहेको थियो ।