जी. न्यौपाने, मकवानपुर, १७ फागुन । बागमती प्रदेशसभाको प्रदेशसभा बैठक आज बसेको छ । सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले ‘प्रदेश हस्तकला ग्रामको स्थापना तथा संचालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।
उक्त विद्येयकमाथि छलफल गर्न आज गठन भएको विशेष समितिमा पठाइएको र समितिले छलफल गरी निश्कर्ष निकाल्ने जनाइएको छ । बागमती प्रदेशसभाको अर्को बैठक फागुन २९ गते दिनको ३ बजे बस्ने सचिवालयले जनाएको छ ।
बागमती प्रदेशसभाको विशेष समिति गठन
बागमती प्रदेशसभामा विशेष समिति गठन गरिएको छ । प्रदेशसभा सदस्य नेपाली काँग्रेसका गोविन्द लम्सालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो ।
नेपाली काँग्रेसकै तर्फबाट बागमती प्रदेशसभा सदस्य प्रभात तामाङ, नेकपा एमालेबाट प्रदेशसभा सदस्य मधुसुदन पौडेल, डाक्टर दिनेशचन्द्र देवकोटा, नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य रत्न ढकाल, ईन्द्रप्रसाद गोतामे, नेकपा एकिकृत समाजवादीबाट प्रदेशसभा सदस्य रमा आले मगर, बसन्तप्रसाद मानन्धर, राप्रपाबाट प्रदेशसभा सदस्य उद्धव थापा, नुरज बज्राचार्य, हाम्रो नेपाली पार्टीबाट प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य समितिको सदस्यमा चयन भएका छन् ।
समितिमा नेपाल मजदुर किसान पार्टीले सहभागिता नजनाएको समितिका अध्यक्ष लम्सालले जानकारी दिए । समितिले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले ‘प्रदेश हस्तकला ग्रामको स्थापना तथा संचालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०८०’ माथि छलफल गरी निश्कर्ष निकाल्ने र पुरक बजेटमाथि पनि छलफलबाट निश्कर्ष निकाल्ने जनाइएको छ ।