मकवानपुर, १९ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा खेलमैदानको शिलान्यास गरिएको छ । हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौँडा ११ स्थित तिल्केश्वर खेल मैदानको शिलान्यास गरेकी हुन् ।

हेटौँडा उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८०–०८१ मा खेल मैदानको लागि बिनियोजित १५ लाखसहित अन्य श्रोतबाट खेलमैदान निर्माण गर्न लागिएको हो ।

खेल मैदानका लागि उपमहानगरपालिका, उपभोक्ता समिति र अन्य श्रोतबाट गरी जम्मा १६ लाख ६७ हजार ९ सय ४९ रुपैयाँ लागत जुटाइएको छ । खेल मैदान वि.सं. २०८१ बैशाख १० गतेभित्रमा निर्माण सम्पन्न गर्ने योजना रहेको छ ।