जी न्यौपाने, मकवानपुर, २० फागुन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सिमलटारमा लागुऔषध नियन्त्रण तथा न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । सिमलटार युवा क्लबको आयोजना र सिमलटार टोल विकास संस्था तथा जिल्ला प्रहरी कार्यालयको विशेष सहयोगमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक ओमप्रकाश पण्डितले १३ वर्षदेखि १९ वर्ष उमेरका युवाहरु लगुऔषधको कुलतमा फसेको बताए । युवाहरुलाई सुधार गर्न समुदाय र प्रहरीले मिलेर काम गर्न सकेमा मात्र सम्भव हुने बताए । प्रहरी निरिक्षक पण्डितले अभिभावकको माया नपाएर, साथीभाईको सिकोबाट, बढी भावनात्मक भएर, देखासिखी गर्दा, राम्रो शिक्षा नपाएर र धार्मिक अतिवाद जस्ता कारणहरुले युवाहरु क्ुलतमा फस्ने बताए ।

सिमलटार युवा क्लबका अध्यक्ष प्रभाकर पुडासैनीको सभाध्यक्षता तथा हेटौँडा ११ की वडाअध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा सदस्य विकास नेपाल, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा ११ का अध्यक्ष देवकुमार श्रेष्ठ, टोल विकास संस्था समन्वय समिति हेटौँडा ११ का अध्यक्ष यज्ञबहादुर आचार्य, सिमलटार टोल विकास संस्थाका अध्यक्ष सूर्यमान लामा, विपन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलचन्द्र सुमन लगायतको आतिथ्यता रहेको थियो ।










जी. न्यौपाने 

