साङ्केतिक तस्बिर

मकवानपुर, २२ फागुन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का ७ सय ९६ जना बालबालिकाहरुलाई दादुरा र रुबेला रोग विरुद्धको खोप लगाइएको छ ।

९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाइएको नवलपुर शहरी स्वास्थ्य केन्द्रले जनाएको छ । ६ वटा खोप केन्द्र निर्माण गरेर खोप लगाउने काम भएको हो । फागुन १३ गते आनन्द भैरभ आधारभूत विद्यालयमा १२५ जना, १४ गते सिमलटार टोल विकास संस्थामा २०० जना र १५ गते शंकर ज्योति आधारभूत विद्यालयमा १५० जनालाई खोप लगाईएको छ ।

त्यस्तै १६ गते हेटौँडा एकेडेमीमा १२५ जना, १७ गते त्रिभुवन माध्यमिक विद्यालयमा १३० जना, १८ गते नवलपुर शहरी स्वास्थ्य केन्द्रमा ६६ जना गरी जम्मा ७९६ जनालाई खोप लगाइएको हो ।

स्वास्थ्य केन्द्रका अनुसार ६ वटा खोप केन्द्रमा १४ जना स्वयमसेवकहरु खटाइएको थियो । त्यस्तै खोप दिने स्वास्थ्यकर्मीहरुको संख्या ७ जना रहेको थियो । स्वास्थ्य केन्द्रका अनुसार खोप ८५० थान प्राप्त भएकोमा ८३० थान खर्च भएको थियो । त्यसमध्ये २० थान खोप बाँकी फिर्ता भएको र ०.५ प्रतिशत खोप खेर गएको थियो ।