मकवानपुर, २३ फागुन । हेटौँडाका २ सामुदायिक विद्यालय र १ निजी विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिएको छ । फागुन २२ गतेकै दिन ३ वटै विद्यालय बालमैत्री घोषित भएको हो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित श्री जनप्रिय माध्यमिक विद्यालय, हेटौँडा ८ स्थित श्री चन्द्रोदय माध्यमिक विद्यालय र हेटौँडा २ स्थित बालजागृति ईङ्ग्लिस सेकेण्डरी स्कूल बालमैत्री विद्यालय घोषित भएको हो ।

बालमैत्री विद्यालय घोषणा कार्यक्रमहरुमा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा प्रमुख आतिथ्यता तथा उपमेयर राजेश बानियाँ, वडाअध्यक्षहरु जुना दाहाल, नविन सिग्देल, फुर्वादोर्ज तामाङ, रामृकष्ण कोईराला, राम थापा, हेटौँडा उपमहानगरपालिकाका कार्यालय प्रमुख शिवराज चौँलागाई, महिला तथा बाल महाशाखा प्रमुख विष्णु लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।