मकवानपुर, २३ फागुन । पर्साको विरगञ्जउ उपमहानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटस्थित बाटोबाट मकवानपुरमा बसोबास गर्ने २ युवकलाई लागुऔँषध गाँजा पक्राउ गरिएको छ ।
प्रहरीले ओखलढुङ्गा घर भई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षिय गणेश घिमिरे र बकैया गाउँपालिका वडा नम्बर ४ जुरेली टोल बस्ने ३५ वर्षीय विकास भोलनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट नियन्त्रित लागुऔषध फेनारगन, नुर्फिन र डाईजेपाम ४५–४५ एम्पुलगरी जम्मा १३५ एम्पुल फेला पारेको थियो ।












