
जी. न्यौपाने, मकवानपुर, २५ फागुन । सुनुवार सेवा समाज मकवानपुरको प्रथम जिल्ला भेलाले अर्जुन शिकारी सुनुवारको अध्यक्षमा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
मकवानपुरका विभिन्न स्थानीय तहहरुमा छरिएर रहेका शिकारी थरले चिनिने आदिवासी जनजाति समुदाययको आज हेटौंडामा भएको भेलाले अर्जुनको नेतृत्वमा कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिपक सुनुवार, सचिव रामबहादुर शिकारी सुनुवार, उपसचिव चन्द्रबहादुर शिकारी सुनुवार, उपसचिव महिला लक्ष्मी शिकारी सुनुवार र कोषाध्यक्षमा नारायण सुनुवार चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा रबिना शिकारी सुनुवार, श्यामकुमार शिकारी सुनुवार, सीता शिकारी सुनुवार, तिलकुमारी शिकारी सुनुवार, पुष्कर शिकारी सुनुवार, सहदेव शिकारी सुनुवार र मिनाकुमारी सुनुवार चयन भएका छन् ।
भेलामा थाहा नगर सुनुवार सेवा समाजका अध्यक्ष दिपक सुनुवार, हेटौंडामा उपमहानगरपालिका वडा नम्बर १ कमिटी अध्यक्ष नारायण सुनुवार लागायतको आतिथ्यता रहेको थियो ।