मकवानपुर, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुर थाहा नगरपालिकाको अध्यक्षमा सुरेन्द्रमान प्रधान चयन भएका छन् । एमालेको थाहा नगरपालिकाको तेश्रो अधिवेशनले अध्यक्षमा प्रधानलाई चयन गरेको हो ।

कमिटिको उपाध्यक्ष्यमा हेम कुमार थिंङ, सचिवमा सुजन रायमाझी, उपसचिवमा तुलसा विष्ट र उपसचिवमा सूर्यबहादुर दोङ चयन भएका छन् ।

कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला, एमाले मकवानपुरका इन्चार्ज देवी ज्ञवाली, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, एमाले नेताहरु बलराम बल, नवराज तिमल्सिना, एमाले मकवानपुरका सचिवालय सदस्य मदन कुमार दाहाल लगायतको उपस्थिति रहेको थियो ।