मकवानपुर । राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको आयोजनामा राजनिति तथा नेतृत्व विकास सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला तथा नगरका पदाधिकारी सहित विभिन्न संगठनका प्रतिनिधिहरुको लागि प्रशिक्षणको अयोजना गरिएको पार्टीले जनाएको छ।

राप्रपाको एजेण्डा,पार्टीको विचारलाई आम नागरिकसम्म कसरी पुर्याउने, राप्रपाको निति प्रति फिँजार्इएका भ्रमहरुलाई कसरी चिर्ने र आम नागरिकसम्म राप्रपालाई कसरी पुर्याउने भन्ने विषयमा पदाधिकारीहरुलाई बुझाउन कार्यक्रम आयोजना गरिएको राप्रपा मकवानपुरले जनाएको छ।

कार्यक्रममा राप्रपाका उपाध्यक्ष वरिष्ठ नेता धुर्वबहादुर प्रधान,प्रशिक्षण विभाग उपसंयोजक खुश्बु ओली र केन्द्रीय सदस्य अभिषेक जोशीले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।