मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा शुक्रबार प्रेस स्वतन्त्रता र वर्तमान नेपाली संचार माध्यमको अवस्था विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

दिवंगत कृष्ण सेन ईच्छुकको २२ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपाल मनहरी गाउँ कमिटिको आयोजनामा कार्यक्रम भएको हो ।

मनहरी ७ स्थित साङग छ्योईफेल गुम्बा परिसरमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा प्रेस सेन्टरका साथै विभिन्न संस्थाका व्यक्तित्व तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।