मकवानपुर, १० असार । मकवानपुरको बज्रबाराहीबाट लागुऔँषध र चोरी गरिएको मोटरसाईकल सहित दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मातातिर्थ बस्ने वर्ष ३० को मोटर साईकल चालक अरबिन खरेल र मोटरसाईकल पछाडी बस्ने कैलालीको टिकापुर नगरपालिका वडा नम्बर ६ कैलाली बस्ने वर्ष २७ को अंकित अधिकारीलाई पक्राउ गरिएको हो ।

असार ८ गते मकवानपुरको थाहा नगरपालिका ६ बज्रबाराही स्थित सडक खण्डमा प्रहरलिे चेकिङ गर्ने क्रममा बा।प्र।०६–०१ प ३७६६ नम्बरको मोटरसाईकलाईमा सवार उनीहरुलाई शंका लागेपछि रोकेर जाँच गरेका थिए ।

जाँचका क्रममा खरेलले लगाएको ज्याकेट भित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागुऔषध नाईट्रोभेट ट्याब्लेट ३३० पिस फेला परेको प्रहरीले जनाएको छ । त्यसपश्चात उनीहरुलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।