मकवानपुर । सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । जहाज विमानस्थलको पूर्वी क्षेत्रमा दुर्घटना भएको हो । जहाजको अधिकांश भाग जलेको छ। अहिले उद्वार कार्य जारी रहेको छ ।

जहाजमा चालक दलका सदस्य, इन्जिनियर लगायत १९ जना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । जहाजमा भएका १५ जनाको ज्यान गएको र ४ जनाको उद्दार गरिएको बताइएको छ । जसमध्ये ३ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने १ जनाको केएमसीमा उपचार भइरहेको छ ।

विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।