मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ वनस्खण्डी देवि सामुदायिक वन उपभोक्ता समितिको प्राङ्गणमा शुक्रबारबाट श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ ।
बनस्खण्डी सामुदायिक वनका अध्यक्ष भवसागर श्रेष्ठको सभाध्यक्षता एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा महायज्ञको उद्घाटन गरिएको हो ।
महायज्ञको उद्घाटन गर्दै नेता बानियाँले हेटौंडाको मुटुमा रहेको बनस्खण्डी वन क्षेत्रभित्र रहेको राधाकृष्ण मन्दिरको विस्तार र विकास गर्दै यस क्षेत्रलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विस्तार गरिने बताउनुभयो ।
नेपालमा विभिन्न धर्म संस्कृति र जातिजातीको विशेष बाहुल्य रहेको बताउँदै नेता बानियाँले महायज्ञमा उपस्थित भई कथा श्रवण गरि आफ्नो आर्थिक स्थिति हेरी सकेको दान गर्दै हामी सबै मिलेर यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थल बनाउन लाग्नुपर्ने बताउनुभयो ।
महायज्ञ उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, कथा बाचक पण्डित कपिलदेव भट्ट, उपवाचक पण्डित टेकनाथ ढकाल, बनस्खण्डी वन उपभोक्ता समितिकी सचिव लक्ष्मी तिमल्सिना गौतमलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भदौं १३ गतेसम्म संचालन हुने महायज्ञमा उठेको रकमबाट राधाकृष्ण मन्दिरको बिस्तार, व्यवस्थापन तथा अक्षयकोष स्थापना गर्ने उदेश्य रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।












