मकवानपुर । गोपी सापकोटाद्वारा लिखित गैर–आख्यान पुस्तक ‘लन्डन अनप्लग्ड’को समिक्षा हेटौंडामा गरिएको छ । रेडियोकर्मी आशिष दुलालले पुस्तकबारे पाठकिय टिप्पणी गरेका थिए भने पुस्तकको समिक्षा साहित्यकार शान्तिप्रिय बन्दनाले गरेकी थिइन् ।

लेखक सापकोटाले समिक्षक दुलाल र बन्दनालाइ धन्यवाद ज्ञापन गर्दै गैरआख्यान सन्सारमै कान्छो साहित्य विधा भएको बताईन् । आफुले नेपाल र लन्डनबिचको भोगाइलाई किताबमा उतार्न खोजेको र पुस्तकमा कहिँ पनि आफुलाइ महान बनाउनतिर नलागेको बताईन् । सापकोटाले आयोजक किताब घरलाई पनि समिक्षात्मक कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए ।

साहित्य सङ्गम मकवानपुरको भवन हेटौंडामा भएको कार्यक्रममा किताबका प्रकाशक तथा कलम साहित्यका नरेन्द्र कुमार नगरकोटी, किताब घरका संचालक सुभाष खनाल , साहित्य संगम मकवानपुरका अध्यक्ष डी. बी. बर्तौला लगायत साहित्यकारहरुको सहभागिता रहेको थियोे ।