
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हिजो पौष २५ गते बिहीबार लागूऔषध गाँजा ८ किलोग्रामसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर १ बस्ने वर्ष ४९ को रामलाल मोक्तान रहेका छन् । प्रहरी चौकी बसामाडी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पुर्व–पश्चिम लोकमार्ग सडकखण्ड अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ तिनताप्केस्थित सडकबाट उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा मनहरीबाट हेटौंडातर्फ आउदै गरेको बा.प्र. ०३–००१ ख २५७२ नं. को यात्रुबाहक बसमा सवार भई आएका उनको साथबाट सो परिणामको गाँजा बरामद भएपछि उनलाई पक्राउ गरिएको हो ।
मोक्तानलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।