मकवानपुर । मकवानपुर घरेलु तथा साना उद्योग संघ, मकवानपुर अन्तर्गत गठित बकैया गाउँपालिका समितिलाई स्वागत, सम्मान तथा प्रमाणपत्र वितरण गरिएको छ ।

गत ९ असोजमा बकैया गाउँपालिका वडा नम्बर ६, पावसमा भएको उद्यमीहरुको प्रारम्भिक भेलाले चयन गरेका पदाधिकारीहरुलाई स्वागत, सम्मान तथा प्रमाण पत्र वितरण गरिएको हो ।

मकवानपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष गणेशहरि उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश महिला समितिको महासचिव गीता मैनाली,संघ मकवानपुर कोषाध्यक्ष रामहरि तिमल्सिना, महासंघ बागमती, प्रदेशको कार्यकारी निर्देशक शम्भुप्रसाद नेपाल, जिल्ला संघका सदस्यहरु विष्णुकुमार नेपाल कृष्णप्रसाद अर्यालले मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, नवगठित संघ बकैया गाउँपालिकाका अध्यक्ष तुलसी गिरी, नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश सचिव कुमार पौडेलले आफ्नो भनाइ राखेका थिए ।

 

प्रतिकृया