
मकवानपुर । श्रीकृष्ण प्रणामी प्राज्ञिक परिषद नेपालको प्रथम राष्ट्रिय प्राज्ञिक भेला सम्पन्न भएको छ । भेलाले लोकेन्द्र ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
परिषदको उपाध्यक्षमा उद्धव प्रसाद नेपाल, सचिव चन्द्रकुमार सुवेदी, सहसचिव शुशिला ढकाल, कोषाध्यक्ष हरिप्रसाद गजुरेल र सहकोषाध्यक्षमा विजय नेपाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मालती ओझा, टहल दास शिवाकोटी, बिमल चन्द्र, कृष्ण मंगल र राज महर्जन चयन भएका छन् ।
त्यस्तै पण्डित घनश्याम नेपालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा हरिप्रसाद न्यौपाने र जय प्रकाश घिमिरे रहेका छन् ।
भेलामा कृष्णकृपा धाम मठाधिसापति १०८ माता तारा घिमिरे, केन्द्रीय सदस्य केदार प्रसाद चौँलागाईसहित विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।