मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, चुरियामाई मन्दिर नजिक सोमबार विहान यात्रुबाहक सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

वीरगन्जबाट काठमाडौंतर्फ जानका लागि आइरहेको प्रदेश २-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगन्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको सो क्षेत्रमा एकआपसमा ठोक्किँदा दुवै बसका गरी ९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी र चालकलाई आफूहरुले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।