मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङस्थित त्रिभुवन राजपथ सडक खण्डमा शनिबार विहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ३९८७ नम्बरको कन्टेनर अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना नुवाकोटको बेलकोट नगरपालिका–५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












