मकवानपुर । बागमती प्रदेश सरकारको मंगलबार बसेको बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । सरकारले बागमती प्रदेशमा खरको छाना मुक्त गर्ने कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री तथा सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
यस्तै,चेपाङ,वनकरिया, माझी, बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम (मकवानपुर, चितवन र धादिङ) जिल्लामा लागू हुनेगरी कार्यविधि स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।
बागमती प्रदेश सभाको वर्षे अधिवेशन मंगलबार असोज २३ गते राति १२ बजेदेखि अन्त्य गर्नको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने र प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने निर्णय पनि सरकारले लिएको थियो ।