चितवन । नारायणी यातायात व्यवसायी संघले नारायणगढ–मुग्लिन सडक खण्डमा अलपत्र परेका यात्रु, चालक र सहचालकलाई आज पानी र खाजाको व्यवस्था गरेको छ। संघले सामाजिक उत्तरदायित्व वहन गर्दै सो कार्यक्रम आयोजना गरेको हो।

वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी प्रमुख गोविन्द पुरी, सशस्त्र प्रहरी र स्थानीयको उपस्थितिमा यात्रु तथा चालक–सहचालकलाई पानी र खाजा प्रदान गरिएको थियो।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बद्री प्रसाद चौलागाईसहित पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागिता रहेको संघले जनाएको छ।