मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरले हेटौंडामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय महामन्त्री राजाराम बर्तौलाको पनि उपस्थिति रहेको थियो ।
जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाअध्यक्ष मन डिसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्लाको विभिन्न पालिका तथा वडाबाट अगुवा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको अध्यक्ष सापकोटाले बताए ।














