हेटौँडा । आसन्न निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

मकवानपुर क्षेत्र नम्बर–१ बाट एमालेका तर्फबाट रामेश्वर रानाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो ।

त्यस्तै मकवानपुर क्षेत्र नम्बर–२ बाट पूर्व सांसद महेश बर्तौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयन दर्ता गराएका हुन् ।