सुनसरी, ८ कात्तिक । सुनसरीमा मंगलबार राति एक प्रहरी जवानले गोली हानी आत्महत्या गरेका छन् । उनले घरायशी तनावका बिच गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सप्तरी रुपनी नगरपालिका वडा नम्बर २ घर भई हाल सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डलले आफु सुत्ने कोठामा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनले राति कोठामा एक्लै भएको अवस्थामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले बताएको छ । मण्डलको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।












