हेटौँडा, १० कात्तिक । मकवानपुरको हेटौँडाबाट काठमाडौँ जाने सुमोहरुले मनलाग्दी भाडा लिनथालेपछि यात्रुहरु ठगिएका छन् । चाडपर्वको समयमा हेटाँैडा र यस आसपासका क्षेत्रबाट काठमाडौँ फर्कन थालेका यात्रुहरुलाई सुमोमा करिब दोब्बर भाडा लिन थालिएको यात्रुहरुको गुनासो छ ।
हुन त यात्रुहरुको सहजताका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रु साहयता डेस्कको पनि निर्माण गरेको छ । तर सुमोहरुले बिच बाटोमै यात्रुहरुलाई बढी पैसा माग्दै पैसा नदिए सुमोबाट ओर्लनुपर्ने त्रास पनि देखाउने गरेको यात्रुहरु बताउँछन् ।
यसैबिच तोकिएको भन्दा बढी भाडा उठाउने ४ वटा सुमोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले कारवाही गरेको छ । तोकिएको भन्दा बढी भाडा उठाउने ४ वटा सुमोलाई ५ हजारका दरले जरिवाना गरिएको र बढी लिएको भाडा यात्रुहरुलाई नै फिर्ता गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।












