File Photo

मकवानपुर, १३ कात्तिक । मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विभिन्न वडाहरुमा गाँजा र अफिम खेती फँडानी गर्नका लागि प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा र अफिम खेती नष्ट गर्न आईतबार १ सय ३७ जना प्रहरी परिचालन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार राक्सिराङ गाउँपालिकाको वडा नम्बर ५,६,७,८ र ९ मा ५५ जना प्रहरी र राक्सिराङको १, २, ३ र ४ नम्बर वडाका विभिन्न स्थानमा ४० जना प्रहरीहरु प्रहरी निरीक्षकको कमाण्डमा खटिएका छन् ।

त्यस्तै प्रहरी निरीक्षककै कमाण्डमा ४० जना प्रहरी कैलाश गाउँपालिकाको विभिन्न वडामा परिचालन गरिएको छ । २ जना प्रहरी ड्रोनसहित खटाइएको भण्डारीले जानकारी दिनुभयो ।