मकवानपुर, १५ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा अवस्थित सहकारीहरुमा अनुगमन भएको छ । हाल बजारमा देखिएको आर्थिक मन्दीका कारण सहकारी क्षेत्रमा परेको समस्या बारे जानकारी लिन हेटौँडा उपमहानगरपालिकाले मंगलबारदेखि अनुगमन सुरु गरेको हो ।

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको नेतृत्वमा अनुगमन भएको हो । उप्रमुख सहितको टोलीले उपमहानगरक्षेत्रमा रहेका मध्ये ७ वटा सहकरीको अनुगमन गरेको छ । ती सहकारीहरुमा कारोवारको अवस्था, शेयर सदस्यमा सहकारी प्रतिको विश्वसनियता, बजेट खर्चको शैली लगायतका बारेमा जानकारी लिएको थियो ।