मकवानपुर, ३ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडा अस्पतालका बिरामीहरुको अवस्था बुझ्नुभएको छ । शनिबार हेटौँडा अस्पतालका विभिन्न वार्डहरुमा पुगी बिरामीहरुको अवस्था र स्वास्थ्य सेवाका बारेमा उहाँले जानकारी लिनुभएको हो ।

उहाँले विशेष गरी प्रसुति गृहका सुत्केरी आमा र बच्चाको अवस्थामा जानकारी लिनुभएको थियो । हेटौँडा अस्पतालमा मात्रृ शिशु सेवा संचालनका लागि हेटौँडा उपमहानगरपालिका र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच यसै वर्ष सम्झौता समेत भएको थियो ।