चितवन, ६ मंसिर । चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र महिला र पुरूषको शव बुधबार फेला परेको छ । अन्दाजी ४० वर्ष उमेरका जस्तो देखिने दुवै जनाको हाल परिचयखुल्न सकेको छैन ।

बोराभित्र मृत मानिस रहेको जस्तो देखिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले बोरा खोली हेर्दा हात खुट्टा डोरीले बाँधेको अवस्थामा शव फेला परेको हो । उनीहरूको पहिचान तथा घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।