साँकेतिक तस्बिर

मकवानपुर, १० मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्क क्षेत्रबाट लागुऔषधसहित एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–३, लौरीचोक बस्ने २० वर्षीया युवती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

आइतबार बिहान ४ बजेर ५० मिनेटको समयमा हेटौंडा–१०, बसपार्क क्षेत्रमा खटिएको प्रहरीको गस्ती टोलीले धनगढीबाट काँकडभिट्टातर्फ जान लागेको प्रदेश १–०१–००१ ख ३४११ नम्बरको यात्रुबाहक बसको सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार युवतीको साथबाट लागुऔषध गाँजा फेला परेको थियो ।

युवतीको साथमा रहेको जेब्रा झोला भित्रबाट प्रहरीले ६ किलो गाँजा बरामद गरेको जनाएको छ । गाँजासहित युवतीलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।