मकवानपुर, १४ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाईबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले १५ ट्याब्लेट नाईट्रोभेट लागूऔषध सहित बुधबार एक युवकलाई पक्राउ गरेको हो ।
प्रहरीले बारा सिमरा जितपुर उपमहानगरपालिका वडा नम्वर २२ बस्ने २० वर्षीय युवकलाई पक्राउ गरेको हो । विरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३ ००१ ग ०२८५ नम्बरको माईक्रो बस चेकजाँचको क्रममा उक्त माईक्रोमा सवार युवकको साथबाट लागूऔषध नाईट्रोभेट बरामद भएको थियो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवशयक अनुसन्धान गरिरहेको जनाइएको छ ।












