मकवानपुर, १८ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुइ जनाको घटना स्थलमानै मृत्यु भएको छ । ट्याक्टर चालक बारा निजगंढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षिय डिलम थिङ र ट्याक्टरमा सवार हेटौंडा–१६ पानीस्वारा बस्ने ५६ वर्षिय जित बहादुर थिङको घट्नास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर ब्याक गर्ने क्रममा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर आफै ‍अनियन्त्रित भई पानीस्वारा भिरबाट ३ सय मिटर तल खसी दुर्घटना भएको थियो ।