मकवानपुर, १८ मंसिर । हेटौंडा एसियाली कप खुला रेटिङ कप बुद्धिचाल प्रतियोगिता–२०८० को उपाधि भारतीय खेलाडी सुभयान कुण्डुले जितेका छन् । प्रतियोगिताको शीर्ष २३९३ रेटेड खेलाडी सुभयान कुण्डुले नौ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित रहँदा च्याम्पियन भएका हुन् ।

उनले प्रतियोगिताभर कुल ७.५ अंक जोडे । उनले उपाधिसहित नगद १ लाख २५ हजार पुरस्कार राशि हात पार्न सफल भए । कुण्डुले अन्तिम खेल बराबरी गरेका थिए ।

नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ७ अंक जोड्दै दोस्रो स्थानमा बंगलादेशका आईएम मोहमद मिनहाज उद्दिनले नगद ७५ हजार र तेस्रो स्थानमा भारतका एफएम अरबिन्दर प्रितसिं नगद ४० हजार रुपैयाँ जित्न सफल रहे ।