समाचार

मकवानपुरको बागमतीका दुर्गम बस्तीमा पहिलोपटक विद्युत् सेवा

मकवानपुर । साँझ पर्नासाथ अँध्यारोले घेर्ने पूर्वी मकवानपुरका देउजर र गढनसिर बस्तीमा मंगलबार फरक दृश्य देखियो। झुपडीभित्र टुकीको मधुरो उज्यालोमा दैनिकी चलाउँदै आएका स्थानीयले पहिलोपटक घरभित्र बल्बको उज्यालो पाए। मोबाइल चार्ज गर्न टाढा जानुपर्ने बाध्यता हट्यो भने बालबालिका उज्यालो कोठामा […]